दुईसय करोड नजिक ‘केजीएफ’



पोखरा, २२ पुस ।

फिल्म इन्डस्ट्रीमा जहाँ एकातिर एक्सन फिल्म ‘सिम्बा’ जबरजस्त कलेक्सन गरिरहेको छ, त्यहीँ दोस्रोतिर साउथको फिल्म ‘केजीएफ’ आफ्नो परफर्मेन्सले सबैलाई चकित बनाउँदै देखिएको छ । यो फिल्मले केवल रेकर्ड मात्र बनाइरहेको छैन कन्नड फिल्म इन्डस्ट्रीका लागि माइलस्टोन साबित भएको छ । 

यस्तै, सुपरस्टार शाहरुख खानको फिल्म ‘जिरो’ बक्सअफिसमा नराम्रोसँग चिप्लिएको छ । फिल्मले रिलिजको १५ दिनमा सय करोडको आँकडा समेत पार गर्न सकेको छैन । फिल्मले १५ दिनमा १० लाख कमाएको छ । अहिलेसम्म फिल्मको कलेक्सन जम्मा ८८ करोड भएको छ । 

‘सिम्बा’ को सफलताको सिधा असर फिल्म ‘जिरो’ माथि परेको छ । यसका अलवा ११ जनवरीमा अनुपम खेरको फिल्म ‘दि एक्सिडेन्टल प्राइम मिनिस्टर’ रिलिज हुँदैछ । ‘जिरो’ सँग आफ्नो कमाई बढाउनका लागि केवल यही हप्ता छ । यसपछि फिल्मलाई अगाडिको सफर तय गर्न मुश्किल हुनेछ । 

‘केजीएफ’ को कुरा गर्ने हो भने कन्नड फिल्मको इतिहासमा यसलाई सबैभन्दा ठूलो फिल्म मानिएको छ । फिल्मले वर्ल्डवाइड १७५ करोडको आँकडा पार गरिसकेको छ । अब फिल्म तिव्र गतिमा २ सय करोडको तर्फ बढिरहेको छ । दोस्रो हप्तामा यस फिल्मलाई ७८० स्क्रिन मिलेको थियो भने तेस्रो हप्ता ९८१ स्क्रिन मिलेको छ ।

ट्रेड एनालिस्ट रमेश बानाका अनुसार, तमिल बक्सअफिसमा ‘मारी २’ र  ‘अधंगा मरु’ को रिलिजको बाबजुद पनि ‘केजीएफ’ को कमाई सानदार छ । फिल्मका निर्देशक प्रशान्त नील हुन् । फिल्ममा सुपरस्टार यशले रक्कीको रोल निभाएका छन् । यो एक एक पिरियड ड्रामा फिल्म हो । यसको दोस्रो पार्ट पनि रिलिज गरिनेछ ।

filmykhabar

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja