ग्रामीण भेगका अधिकांश महिलामा स्तन र पाठेघरको क्यान्सर



रासस
चौतारा, १३ कात्तिक

रोग लागेर अशक्त नभएसम्म स्वास्थ्य परीक्षण नगराउने ग्रामीण भेगका अधिकांश महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर फेला परेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित साँगाचोकमा सोमबार आयोजित स्तन तथा पाठेघरको मुखको निःशुल्क स्वास्थ्य परीक्षणबाट सो तथ्य फेला परेको हो ।

बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका क्यान्सर रोकथाम विशेषज्ञ डा किशोर प्रधानाङको नेतृत्वमा सात जना स्वास्थ्यकर्मी सहभागिता रहेको शिविरमा ३०० महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । नगरपालिकाले आयोजन गरेको सो शिविरको थाहा फाउण्डेशनले समन्वय गरेको थियो ।

उक्त शिविरमा १८० जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएकोमा १५० जनामा सङ्क्रमण देखिएको थियो । त्यस्तै तीन जनामा सङ्क्रमणको पूर्व अवस्थाका बिरामी फेला परेका थिए । परीक्षणबाट पाठेघरको मुखमा मासु पलाएका सात जना, आङ खसेको छ जना र पाठेघरको मुख र ग्रन्थीकोे क्यान्सर दुई जनामा फेला परेको थियो ।

त्यसैगरी २०२ महिलाको स्तन क्यान्सरको परीक्षण गरिएकामा तीन जनामा क्यान्सरको सम्भावना देखिएको थियो भने तीन जनाको स्तनमा गाँठा फेला परेको थिए । शिविरमा दुई हजार ५०० लाई जनचेतानासम्बन्धी परामर्श प्रदान गर्नुका साथै २०० लाई निःशुल्क औषधि प्रदान गरिएको नगरपालिकाका उपप्रमुख जानुका पराजुलीले जानकारी दिए।

शिविर शुभारम्म कार्यक्रममा नगरपालिकाका प्रमुख अमानसिं तामाङ र थाहा फाउण्डेशनका अध्यक्ष सरु दाहालले स्वास्थ्य शिविर सञ्चालन गर्नुको औचित्य र उद्देश्य माथि प्रकाश पारेका थिए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja