आजबाट नयाँ नोट



पोखरा, २१ असोज ।

नेपालीहरुको महान चाड दशैँलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण शुरु गरेको छ ।

राष्ट्र बैंकले आजबाट असोज २९ सम्मका लागि नयाँ नोट सटहीको सुविधा दिन लागेको हो । राष्ट्र बैंकका अनुसार नयाँ नोट ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २र२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा राष्ट्र बैंकले दिनेछ । नयाँ नोट राष्ट्र बैंकको केन्द्रीय, क्षेत्रीय कार्यालय तथा केही वाणिज्य बैंकहरुबाट सटही गर्न सकिनेछ ।

नयाँ नोटमा केरमेट तथा काम नलाग्ने गरी जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले अनुरोध गरेको छ । नोट जलाउने, केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैर कानूनी भएको र त्यसो गरे ३ महिनासम्म जेल सजाय समेत हुनसक्ने भन्दै सचेत रहन राष्ट्र बैंकले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja