कम कार्बोहाइड्रेड भएको खानाः हाल तौल घटाउन मद्दत गर्छ पछि नोक्सान गर्छ



पोखरा, १५ असोज ।
हालैको एउटा अध्ययनले कम कार्बोहाइड्रड भएको खान्कीले कम उमेरमै मर्ने सम्भावना बढाउँछ भन्ने कुरा पत्ता लागेको छ । शाकाहारी खाना राम्रो मानिन्छ ।
केहि विज्ञहरुले कार्बोहाइड्रेडको मात्रा केहि दशकसम्म शरीरमा कम भइरहे स्वास्थ्यमा एकदम नकारात्मक असर पर्ने बताएका छन् । उनीहरुले सागसब्जी र फलफुलसितको सन्तुलित खाना खानमा विशेष जोड दिएका छन् । डाइटिङ गर्दा होस् पुर्याउनुपर्छ ।
यो अनुसन्धान १५,००० जना मध्ययम वर्षका अमेरिकनहरुमा २५ वर्ष लगाएर उनीहरुको खानपानलाई लिएर अनुसन्धान गरिएको हो ।
मानिसले १० प्रतिशत क्यालोरी कार्बोहाइड्रेडबाट, ७० देखी ८० प्रतिशत क्यालोरी चिल्लो पदार्थ (फ्याट)बाट र बाँकी प्रोटिनबाट प्राप्त गर्छ । खाना जेसुकै भए पनि खानामा तरकारी र फलफुललाई समावेस गर्नैपर्छ किनकी तरकारी र फलफुलले धेरै पुराना रोगहरु पनि कम गर्न मद्दत गर्छ ।

कम कार्बोहाइड्रेड खान्की अपनाएका मान्छेको लागी स्वस्थ खानाको तरिकाहरुः
१. सागसब्जी, कुरीलो, काउलीफ्लावर, ब्रोकाउली जस्ता कम स्टार्च पाइने खानेकुरा खाने जसले गर्दा अतिरिक्त कार्बोहाइड्रेडबाट बचिन्छ ।
२. सकेसम्म शाकाहारी खानामा आधारीत प्रोटिनहरु खानुपर्छ
३. यदि माछामासु खानुहुन्छ भने छाला नभएको वा छाला फालेर खाने गर्नुहोस् किनकी यसमा संतृप्त फ्याट कम हुन्छ ।
४. सकेसम्म गेडागुडि, एभोकाडो, बदाम, हाडेबदाम, काजु, ओखर जस्ता कुराहरुबाट पाइने स्वस्थ मोनो असंतृप्त फ्याट बढि खानुहोस् ।
५. कम गुणस्तरका, धेरै चिनी र मैदा हालिएको खानेकुरा नखानुहोस् ।

निश्कर्षः कम कार्बोहाइड्रेड भएको खानाले तपाईँको तौल घटाउन र मेटाबोलिक स्वास्थ्य सुधार्न सहयोग गर्छ तर हालसालको अध्ययनले लामो समयसम्म शरीरमा कार्बोहाइड्रेडको कमि भएमा यसले कम उमेरमै मृत्यु निम्त्याउँछ भन्ने देखाएको छ । यसको नकारात्मक असरबाट बच्न उच्च गुणस्तरीय खानेकुरा खाने गर्नुपर्छ र सकेसम्म कम स्टार्च भएको तरकारी र फलफुल प्रशस्त मात्रामा खानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja