नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोरको डुबेर मृत्यु



पोखरा

नारायणी नदीमा डुबेर पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ केउरेनीमा १५ वर्षीय एक किशोरको मृत्यु भएको छ । गर्मी छल्नका लागि नारायणी नदीमा पौडी खेल्न गएका स्थानीय संयोग ढकाल नदीमा डुबेर बेपत्ता भएका थिए ।

सोमबार बेपत्ता भएका ढकाल मंगलबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डिएसपी सन्तोष पाठकले बताए । मृत अवस्थामा फेला परेका ढकालको शवलाई पोष्टमार्टमका लागि देवचुली नगर अस्पताल, दुम्कौलीमा राखिएको छ । जिल्लामा गर्मी बढेसँगै नारायणी नदी र खहरे खोलामा पौडी खेल्नका लागि जाने सर्वसाधारणको भीड लाग्ने गरेको छ । तर सावधानी नअपनाउँदा बर्सेनि सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja