चेन्नईलाई पाँचौं पटक आईपीएलको उपाधि



 

पोखरा

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यो सीजनको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ ।

आइतबारको खेल वर्षाले अवरुद्ध भएपछि सोमबार राति भएको खेलमा डक वर्थ लुइस (डिएलएस मेथड)मा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै चेन्नईले उपाधि उचालेको हो । योसँगै चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि उचालेको छ । चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा आईपीएलको उपाधि उचालेको थियो ।

गुजरात टाइटनले दिएको विशाल २ सय १५ रनको लक्ष्य पछ्याएको चेन्नईले सुरुवाती ३ बलमा चार रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । पानी परेपछि फाइनल खेललाई १५ ओभरमा झारेर १ सय ७१ रनको लक्ष्य बनाइएको थियो । उक्त रक्ष्य चेन्नईले ५ विकेटको क्षतिमा भेट्टाएको हो । त्यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेटको क्षतिमा २ सय १४ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja