घाँस काट्ने क्रममा भिरबाट लडेर आमा–छोराको मृत्यु



पोखरा

धादिङमा भिरबाट लडेर आमा–छोराको मृत्यु भएको छ ।

बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर–२ मा भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो ।

सोमबार दिउँसो घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि उनलाई उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । अप्सरा ८ महिने गर्भवती थिइन् । यसैबीच, गत शनिबार त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका भक्तपुरका २४ वर्षीय रोमी शाह ठकुरीको शव पनि आज गजुरी गाउँपालिकास्थित चालिसे नजिकै फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja