टी-२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालको जित



 

पोखरा

मलेसियासँगको टी-२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ ।

पाँच टी–२० खेलको शृंखलाअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।  सोमबार भएको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो । तर, मंगलबार संयम भएर खेलको नेपालले मलेसियाले दिएको ९८ रनको लक्ष्य १७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो  । 

यूकेएम क्रिकेट ओभलमा भएको खेलमा नेपालको लागि कप्तान रुविना क्षेत्रीले २१ बलमा ३ चौका र १ छक्का प्रहारसहित अविजित २९ रन बनाइन् । मलेसियाका लागि एइसा इलिसा, निक नुर अटिएला र विनीफ्राइडले १-१ विकेट लिइन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ९७ रनको योगफल बनाएको थियो । नेपालकी कप्तान रुविना क्षेत्रीले २,  कविता कुँवर र इन्दु बर्माले एक-एक विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja