प्रधानमन्त्रीको भारत भ्रमणमा ५ जना मन्त्री सहभागी हुने



पोखरा

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण औपचारिक रुपमा स्वीकृत गरेको छ । 

सिंहदरबारमा सोमबार बसेको बैठकले जेष्ठ १७ देखि २० गतेसम्म हुने प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण औपचारिक रुपमा स्वीकृत गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् ।

बैठकले प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने टोलीको समेत स्वीकृत गरेको उनले बताए । प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा भौतिक पूर्वाधार, ऊर्जा, परराष्ट्रसहित पाँच मन्त्रीले भाग लिने शर्माले जानकारी दिइन् । त्यस्तै मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja