आजदेखि सर्वसाधारणका लागि पोखराको रत्न मन्दिर खुला



पोखरा

नेपाल ट्रष्टको कार्यालय माताहतमा रहेको पोखराको रत्न मन्दिर आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले गणतन्त्र दिवसको अवसर पारेर फेवाताल किनारमा अवस्थित यो  मन्दिर सर्वसाधारणको अवलोकन र भ्रमणका लागि खुला गरेका हुन् ।

ट्रष्ट कार्यालयका अध्यक्षसमेत रहेका मन्त्री किरातीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित पोखरेली पर्यटन व्यवसायी र सयौं नागरिकको उपस्थितीमा  रत्न मन्दिरको ढोका सर्वसाधरणका लागि सधैंका लागि खुला गरिएको उदघोष गरे । जनताको माग अनुसार नै रत्न मन्दिरको ढोका खोलिएको उल्लेख गर्दै उनले अब हिमागृहको ढोका पनि छिटै सर्वसाधारणका लागि खुला गरिने बताए । आम पोखरेली नागरिकको चाहना र मागलाई ध्यानमा राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा मन्दिर खुला गरिएको मन्त्री किरातीको भनाई छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र लागू भइसकेको अवस्थामा  रत्न मन्दिर र हिमागृह जस्ता महत्त्वपूर्ण स्थानलाई राजतन्त्रमा जस्तै लुकाउएर राख्नुपर्ने अवस्था नभएको भन्दै उनले यस्ता स्थानलाई संरक्षण गर्दै पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउनुपर्ने उनले बताए । रत्न मन्दिर खुला गरेसँगै पोखरामा पर्यटकको बसाइँ कम्तिमा एक दिन लम्बिने विश्वास मन्त्री किरातीले व्यक्त गरेका छन् ।

रत्न मन्दिर अवलोकनका लागि टिकटको व्यवस्था गर्ने तयारी ट्रष्टको कार्यालयले गरेको छ ।  आज उद्घाटनको दिन भने निःशुल्क अवलोक गर्ने व्यवस्था मिलाइएको छ  । रत्न मन्दिरलाई खुला गरेर पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने आवाज यहाँका जनप्रतिनिधि तथा पर्यटन व्यवसायीले वर्षौदेखि उठाउँदै आएको भएपनि गणतन्त्र स्थापना भएको १५ वर्षपछि  यसले सार्थकता पाएको हो ।तत्कालीन राजा महेन्द्रले आफ्नी रानी रत्नको नाममा वि.सं २०१५ सालमा निर्माण गरेको रत्न मन्दिर १७४ रोपनी क्षेत्रफलमा फैलिएको छ । पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने गरेको यो मन्दिर राजा विरेन्द्रको परिवारको निधन पश्चात नेपाल ट्रष्टको स्वामित्वमा रहदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja