टीकापुर घटनाको अनुसन्धान गर्न छानविन आयोग गठन गर्नुपर्छ : रेशमलाल चौधरी



पोखरा

आम माफी पाएर कारागारबाट रिहा भएका रेशमलाल चौधरीले टीकापुर घटनामा अनुसन्धान गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने बताएका छन् ।

सोमबार नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चौधरीले टीकापुर घटना दुर्भाग्यपूर्ण घटना भएकाले यसलाई सामान्य घटनाको रुपमा लिन नहुने भन्दै उच्चस्तरीय छानविन आयोग गठन गरेर प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताएका हुन् । यसका लागि धरातलमा गएर नागरिकसंग बुझेर घटनाका बारेमा विस्तृत जानकारी लिनुपर्ने उनको भनाइ छ । उनले टीकापुर घटनामा कथा एउटा, पटकथा अर्को र फिल्म फरक देखाइएको टिप्पणी गरे ।

त्यही फिल्मको रणभुल्लमा जनता परेपनि वास्तविकता भने फरक रहेको उनले बताए । चौधरीले टीकापुर घटनाको वास्तविकतालाई छिटै बाहिर ल्याउनका लागि आफूले पनि केही पहलकदमी लिने जिकिर गरे । उनले आम माफी पाएर आफू रिहा भएपनि आफूहरू हार्यो कि जित्यौ भन्ने कुराको अनुभूत जनतामाझ गराउनुपर्ने धारणा राखे । चौधरीले टीकापुर घटनालाई कस्तो रूप दिने भन्ने कुरा राज्यले नै निर्क्यौल गर्नुपर्ने जिकिर गरे ।उनले टीकापुर घटनालाई राजबन्दीहरूलाई आफूजस्तै छिटो रिहा गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेको जानकारी दिए । चौधरीलाई उनका समर्थकले नेपालगंजमा भव्य स्वागत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja