पोखरा हेमजा स्थित जिपको ठक्करबाट ३० वर्षीय पुरूषको मृत्यु



पोखरा

जिपको ठक्करबाट पोखरामा एक व्यक्तिको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका -२५ हेमजा स्थित सुन्दरपुरी चोकमा जिपको ठक्करबाट अन्दाजी ३० वर्षीय पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीका अनुसार शनिबार राति अन्दाजी ९ बजेको समयमा जिपको ठक्करबाट एक व्यक्ति घाइते भएको भन्ने स्थानीयको जानकारी पश्चात वडा प्रहरी कार्यालय वगरबाट खटिएको टोलीले घाइतेलाइ उद्वार गरी तत्काल उपचारको लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल लगेपनि उपचारकै क्रममा राति १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको हालसम्म पनि नाम, थर वतन खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानको क्रममा बागलुङबाट पोखरा आउँदै गरेको लु ३ च ५१२ नम्वरको जिपले उक्त व्यक्तिलाई ठक्कर दिएको खुलेसँगै हाल जिप र जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja