बलिउड खलनायक आशीष विद्यार्थीले गरे दोस्रो बिहे



पोखरा

बलिउड फिल्ममा खलनायकको भूमिका निर्वाह गरेर चर्चामा आएका आशीष विद्यार्थीले विवाह गरेका छन्। उनले ६० वर्षको उमेरमा रूपाली बरूआसँग दोस्रो विवाह गरेका हुन्। उनीहरूले बिहीबार कानुनी रूपमा विवाह गरेका छन्।

आशीषले विवाहपछि मिडियासँग कुराकानी गर्दै भने, ‘जिन्दगीको यो विन्दूमा रूपालीसँग विवाह गर्दा ‘एक्स्ट्रा-अर्डिनरी’ महसुस भइरहेको छ। म यो विवाहबाट निकै खुसी छु।’ भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार असम राज्यकी रूपाली फेशन डिजाइनर हुन्। उनको कोलकतामा फेसन स्टोर छ। आशीष र रूपालीको १० वर्ष उमेर अन्तर छ। आशीष ६० वर्ष भए भने रूपाली ५० वर्षकी हुन्।

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja