हलिउड अभिनेता रे स्टिभेन्सनको निधन



पोखरा

हलिउड अभिनेता रे स्टिभेन्सनको इटालीमा निधन भएको छ ।

आरआरआर, थोर, डाइभर्जेन्ट फिल्मसहित टिभी र एनिमेटेड सिरिजका दिग्गज अभिनेता स्टिभेन्सनको आइतबार ५८ वर्षको उमेरमा निधन भएको हो । हलिउड म्यागजिन डेडलाइनले अभिनेताको मृत्युबारे समाचार प्रकाशित गरेको छ ।

उनको पछिल्लो ऐतिहासिक फिल्म ‘१२४२ : गेट वे टु द वेस्ट’ थियो । नेपाल, भारतलगायत मुलुकमा चाहिं उनी एसएस राजामौली निर्देशित ‘आरआरआर’ अभिनेताको रुपमा चिनिन्छन् । उनले यो दक्षिण भारतीय फिल्ममा स्टन बक्स्टन नामक खलपात्रको भूमिकामा अभिनय गरेका थिए । हलिउडको चर्चित मार्वल फिल्म ‘थोर’मा उनले भोलस्ट्यागको रोलमा काम गरे । उनले एनिमेटेड स्टार वार्स श्रृंखला ‘द क्लोन वार्स’ लगायतमा पनि आवाज दिएका छन् । उनी डिज्नी प्लसको आगामी फिल्म ‘अशोका’मा अभिनय गर्ने तयारीमा थिए ।

२५ मे १९६४ मा उत्तरी आयरल्याण्डको लिस्बर्नमा जन्मेका स्टिभेन्सनले १९९० को दशकको प्रारम्भमा युरोपेली टिभी शृंखला र टेलिफिल्मबाट करिअर थालेका थिए । पल ग्रीनग्रासको १९९८ को ‘द थ्योरी अफ फ्लाइट’मार्फत उनले फिल्ममा काम थाले ।‘आरआरआर’ फिल्मका तर्फबाट अभिनेता स्टिभेन्सनको निधनमा शोक व्यक्त गरिएको छ । ‘तपाईं सधैं हाम्रो हृदयमा रहनुहुनेछ,’ सामाजिक सञ्जाल ह्याण्डलमा लेखिएको छ । रामचरण र जुनियर एनटीआरको शीर्ष भूमिका रहेको यो पिरियड ड्रामाले हालैको ओस्कार अवार्डमा मौलिक गीत विधामा पुरस्कार जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja