गोरखाको बुंकोट स्वास्थ्य चौकीमा आगलागी



पोखरा

सहिद लखन गाउँपालिका–७ को बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ । आइतबार बिहानको आगलागीबाट प्रशासन, स्टोर र आवास कोठा जलेर पूर्णरुपमा क्षति भएको छ ।

स्टोरको औषधि, अक्सिजन कन्सलटेटर लगायतका सामाग्री पनि आगलागीले क्षति पुर्‍याएको सहिद लखन गाउँपालिका–७ का वडाअध्यक्ष शरण श्रेष्ठले बताए ।‘आगलागीले ५० लाखभन्दा बढी भएको क्षति भएको छ, के के सामाग्रीमा क्षति पुग्यो विवरण एकिन गर्दै छौं,’ उनले भने । आइतबार बिहान करिब साढे ४ बजे विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना बुंकोट पुगेका छन् । झन्डै दुई घन्टापछि अहिले आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

-ekantipur.com

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja