बाँकेमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण



 

पोखरा

बाँकेको नरैनापुर गाँउपालिका-१ मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय महतिनियाँमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोरनिया, अमेरीकाको सहयोग र देवराली फाउण्डेसनको सहकार्यमा विधालयमा शैक्षिक सामाग्री वितरण गरिएको हो । बिद्यालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई एक वर्ष पुग्ने गरी कपि बितरण गरिएको देवराली फाउण्डेशनका अध्यक्ष भिम घिमिरेले जानकारी दिए।

narainapur banke-31684376637.jpg

विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले विद्यार्थीलाई विद्यालयबाट नै नैतिकताको शिक्षा सिकाउन आवश्यक रहेको बताए ।

‘सबैभन्दा पहिला शिक्षकबाट नै विद्यार्थीलाई गरिने व्यवहारमा सुधार गर्न आवश्यक छ ।’ उनले भने, ‘गाउँपालिकाभित्र नीति नै बनाएर विद्यालय सुधारको योजना अघि बढाउने तयारीमा छौ।’

अध्यक्ष शाहले नरैनापुरमा आएर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्ने एनआरएनए र देवराली फाउण्डेशनलाई धन्यबाद दिँदै नरैनापुरको शिक्षाको स्तर माथि उकास्नतर्फ महत्वपूर्ण भूमिका खेल्न आग्रह गरेको थियो।

narainapur banke-21684376715.jpg

एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोरनिया, अमेरीकाका अध्यक्ष माधव मरासिनीले हालसम्म शैक्षिक सामग्री नपाएका गरिब बिधार्थीलाई पठन पाठनमा सहजता ल्याउन र शैक्षिकस्तर उकास्न सहयोगस्वरुप देशकै उत्कृष्ट नरैनापुर गाँउपालिकाको-१ को विधालयमा शैक्षिक सामग्री उपलब्ध गराइएको बताए ।

एनआरएनए क्यालिफोरनिया, अमेरीकाका अध्यक्ष मरासिनीले नरैनापुरको शैक्षिक स्तर माथि उकास्नका लागि भविष्यमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको अधयक्षतामा भएको कार्यक्रममा देवराली फाउण्डेशनका अध्यक्ष भिम पौडेल, विद्यालयका प्रधानध्यापक आयोधिया प्रसाद विश्वकर्मा, वडा सदस्य, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja