मेक्सिकोमा चल्यो गोली, १० जनाको मृत्यु, ९ घाइते



पोखरा

मेक्सीकोमा एक अज्ञात समूहले आमोदप्रमोदका निम्ति कारदौडमा सहभागी भएकामाथि सशस्त्र हमला गरेको छ ।

गैर व्यावसायिक चालकहरू सहभागी भएको कार दौडमा एउटा सशस्त्र समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । बाजा क्यालिफोर्नियाको एन्सेनाडामा राजमार्गको छेउमा पार्किङ गरेका कार दौडका सहभागीहरूलाई गाडीबाट बाहिर निकालेर एक समूहले गोली प्रहार गरेको  स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मिलेनियो अखबारले जनाएको छ । घटनाको सुरक्षा अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja