इन्टरनेट शुल्क आफूखुसी नबढाउन निर्देशन



पोखरा

नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको भन्दै प्राधिकरणले आफुखी शुल्क नबढाउने निर्देशन दिएको हो ।सोमबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले सहमतिमा इन्टरनेटको शुल्क बढाउने काम दूरसंचार ऐन र प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐनविपरीत हुने भन्दै त्यस्तो काम नगर्न निर्देशन दिएको छ।

‘दूरसञ्चार सेवाको शुल्क/महसुलदर स्वीकृत गर्ने विद्यमान कानूनी व्यवस्था बमोजिम प्राधिकरणबाट दूरसंचार सेवाको शुल्क/महसुल दर स्वीकृत गर्दा स्वच्छ बजार प्रतिस्पर्धा समेतलाई मध्य नजर गरिँदै आएको छ। उक्त व्यवस्था अनुसार प्राधिकरणबाट कुनै पनि इन्टरनेट सेवा प्रदायकले स्वीकृत शुल्क/महशुलदर भन्दा बढी लिने गरी अनुमति प्रदान गरिएको छैन,’ विज्ञप्तिमा उल्लेख छ, ‘इन्टरनेट सेवाको विद्यमान स्वीकृत शुल्क/महशुलदर भन्दा बढी शुल्क लिने गरी प्राधिकरणले हालसम्म कुनै पनि सूचना वा निर्देशन जारी गरेको छैन।’

कुनै इन्टरनेट सेवा प्रदायकले स्वीकृत महशुलदर भन्दा बढी शुल्क लिने गरी बिल, बिजक जारी गरिएको भए सो को जानकारी उपलब्ध गराइ नियमन कार्यमा सहयोग पु¥याउनसमेत प्राधिकरणले इन्टरनेट उपभोक्ता, आम सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja