राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन केन्द्राध्यक्षलाई कारबाही



पोखरा

राष्ट्रिय परीक्षा बोर्डले तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ ।

बोर्डले वैशाख २७ गतेदेखि सञ्चालन गरिरहेको कक्षा १२ को परीक्षामा तीन जना केन्द्राध्यक्षले परीक्षाको मर्यादा विपरीत काम गरेको भन्दै कारबाही गरेको छ । बोर्डले मित्रपार्कमा रहेको टेक्सास इन्टरनेसनल सेकेन्डरी स्कुलका केन्द्राध्यक्षले परीक्षाको मर्यादा विपरीत काम गरेको भन्दै बर्खास्त गरेको छ ।

त्यस्तै कैलाशकुट बहुमुखी क्याम्पस, मित्रपार्कका केन्द्राध्यक्ष र कुमारी आवासीय मावि बौद्धका केन्द्राध्यक्षले परीक्षाको उचित वातावरण कायम गर्न नसकेको भन्दै सचेत गराएको छ । बोर्डले सूचना जारी गर्दै तीन जना केन्द्राध्यक्षलाई कारबाही गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja