हेमजाका युवाले हेमजा आलु महोत्सवलाई सघाउने



पोखरा

हेमजाका युवाले ११औं राष्ट्रिय हेमजा आलु महोत्सवलाई सघाउने प्रतिवद्धता जनाएका छन् । महोत्सव चैत २६ देखि वैशाख ३ गतेसम्म सञ्चालन हुँदैछ ।

महोत्सव मूल आयोजक समितिले सोमबार राखेको युवा भेलामा सहभागीले आलु महोत्सव समग्र हेमजाको पहिचानसँग जोडिएकाले सफल बनाउन सहकार्य गर्ने प्रतिवद्धता जनाएका हुन् ।कार्यक्रममा हेमजा युनाइटेडका अध्यक्ष राजेश त्रिपाठी, युवा रेडक्रस सर्कल हेमजाका अध्यक्ष अनिल पौडेल, अम्विका मावि शिक्षक अभिभावक संघका अध्यक्ष महादेव अधिकारी लगायतले बोलेका थिए । 

भेलाले आलु महोत्सवमा हेमजाका साथै  अन्यत्र क्षेत्रका बासिन्दाको सहभागिता बढाउने निर्णय गरेको छ ।  महोत्सव मूल आयोजक समिति संयोजक सुविन श्रेष्ठ, महासचिव वसन्तकुमार श्रेष्ठ, युवा परिचालन उपसमिति संयोजक अमित तिमिल्सिना लगायतले कार्यक्रममा सहजीकरण गरेका थिए । 

महोत्सवमा आलु तथा ताजा तरकारी प्रदर्शनी, आलुको पहाड, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता, प्रदेशस्तरीय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता हुनेछ । 

यसैगरी पप कन्सर्ट, हास्य कलाकारको प्रस्तुति, जापानीज सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि महोत्सवमा रहने प्रचार प्रसार संयोजक निराजन अधिकारीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja