पोखरामा तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु



पोखरा

पोखरामा तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल(रेवान) पोखराको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको रेवान पोखराका गोपीबहादुर भट्टराईले जानकारी दिए । 

आज भट्टराईले प्रतियोगिताका निर्देशक शक्ति शर्मालाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गरे । उद्घाटन खेलमा माधव भण्डारीले नारायण पहारीलाई ६–७, ६–० र सुपरटाईमा १०–२ ले पराजित गरे ।  खेलको पहिलो सेट हारेका भण्डारीले खेलमा कमब्याक गर्दै दोस्रो र तेस्रो सेट आफ्नो पक्षमा पारेका हुन् । अर्को खेलमा आयोजक सङ्घका उपाध्यक्षसमेत रहेका नवीन चालिसेले अक्क्ष थापालाई ६–२, ६–० को सेटमा पराजित गरे ।

त्यस्तै अन्य खेलमा कर्ण तामाङले पदम गुरुङ (लेकसाइड) लाई ६-२, ६-१ ले, पदम गुरुङ (नदीपुर) ले वीरेन्द्र लामालाई ६-४, ५-७ र सुपरटाईमा १०-३ ले, विकाश गुरुङ (हङकङ) ले इन्द्र गुरुङ (चाउथे)लाई ६-०, ६-१ ले तथा लक्ष्मण तामाङले अमृत कार्कीलाई ७-६, ६-३ ले पराजित गरे ।

त्यस्तै विनोद कायस्थले केवि तामाङलाई ६-२, ६-० ले, अनुज कुमार बाँस्तोलाले दुर्गा सुनारलाई ६-१, ६-० ले शरण गुरुङले लोक गुरुङलाई ६-१, ६-४ ले, उज्वल तज्याले सिरोज कोइरालालाई ६-३, ६-१ ले पराजित गर्दै दोस्रोचरणमा स्थान बताए । यसअघि नवप्रवेशीतर्फको फाइनलमा दुर्गा सुनारले सिरोज कोइरालाई ६-२, ६-२को सेटमा पराजित गर्दै विजेता बनेका थिए ।

प्रतियोगिताको उद्घाटनमा कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष लोक गुरुङले कास्कीमा टेनिस गतिविधिलाई चलायमान बनाउन तथा नयाँ खेलाडीलाई टेनिसतर्फ आकर्षित गर्न प्रतियोगिता महत्वपूर्ण रहेको बताए । रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पोखरामा खेल पर्यटन विकासका लागि रेवानले वर्षेनि यो प्रतियोगिता गर्दै आएको जानकारी दिए ।

चैत ५ सम्म सञ्चालन हुने प्रतियोगितामा सिङ्गलतर्फ ३२ र डबल्सतर्फ १६ टीमले भाग लिएका छन् । प्रतियोगितामा विजयी हुने खेलाडीले नगद १० हजारसहित ट्रफी तथा द्वितीय हुने खेलाडीले नगद पाँच हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja