पोखराको रुपाताल छेउमा ‘सिस्टेनी मेला’ आयोजना गर्ने



पोखरा

कास्कीको रुपा गाउँपालिका वडा नं. ६ स्थित शान्तिरुपा बराहथोक तमु युवा परिवारले पोखराको रुपाताल छेउमा ‘सिस्टेनी मेला’ आयोजना गर्ने भएको छ । 

रुपातालको प्रचारप्रसार गर्ने उद्देश्यले चैत्र १५ देखि १७ गतेसम्म मेला आयोजना गरिएको हो । समाजका निवर्तमान अध्यक्ष सुवेदार तुलबहादुर गुरुङका अनुसार परापूर्व कालदेखि लाग्दै आएको मेलालाई पुनः ब्युँताउन प्रयास गरिएको बताए ।

उनले भने, ‘रुपाताल छेउमा पहिले चैते दसैंको अवसरमा दुई दिने ठूलो मेला लाग्थ्यो । जसलाई सिस्टेनी मेला भनिन्थ्यो । हजारौंको सहभागिता हुने उक्त मेलामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि हुन्थे ।’ अध्यक्ष गुरुङ भने,‘जहाँ स्थानीयस्तरमा उत्पादन भएका माटोको भाँडा, कुटो-कोदालो, फाली, चोयाबाट बन्ने नाङ्लो, डोको लगायतका सामाग्री किन्ने गतिलो अवसर यहि मेला थियो । त्यही अवसर सिर्जना गर्न मेला गर्न लागेका हौं ।’

मेलाकै अवसरमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता, भाले प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता हुने सल्लाहकार चन्द्र गुरुङले जानकारी दिए । प्रतियोगितामा कास्की, लमजुङ, पर्वत, तनहुँ, स्याङजालगायतका जिल्लाबाट २० टिम सहभागी रहने उनले बताए ।

परिवारका अध्यक्ष फसेल बहादुर गुरुङका अनुसार शान्ति रुपा बहारथोक तमु समाज, शान्ति रुपमा आमा समूह, रुपा युवा क्लब, नौलो तारा क्लव सहआयोजकको रुपमा रहेका छन् । शान्ति रुपमा बराहथोक तमु समाजका अध्यक्ष क्याटेन बुद्धिबहादुर गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा परिवारका अध्यक्ष फसेल बहादुर गुरुङ, शान्ति रुपमा बराहथोक आमा समूहका अध्यक्ष बेलकुमारी गुरुङ, समाजसेवी भेजबहादुर गुरुङ र योगेन्द्र गुरुङकोसमेत सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja