पोखरामा सवारी दुर्घटना, दुई जना घाइते



पोखरा

पोखरामा सोमबार सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । पोखरा महानगरपालिका वडा नं. ६ डिहिकोपाटनमा ग२०प ४२०५ को मोटरसाइकल र ग२३प ३२२९ नम्बरको स्कूटर ठोक्किएर दुर्घटना भएको हो । 

दुर्घटनामा स्कूटर चालक बैदामका ४२ वर्षीय अर्जुन पहारीको हात भाँचिएको छ भने मोटरसाइकल पछाडि बस्ने यामबहादुर गुरुङ घाइते भएका छन् । उनीहरुको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी शिवप्रसाद पाठकले जानकारी दिए । 

उनका अनुसार मोटरसाइकल चालक एलेक्स पनि दुर्घटनामा सामान्य घाइते भएका थिए । उनलाई उपचारपछि बैदाम प्रहरीको हिरासतमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja