प्रधानमन्त्री ‘प्रचण्ड’ विरूद्धको रिट सर्वोच्च अदालतमा दर्ता



पोखरा

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र रामेछापका कल्याण बुढाथोकीले द्वन्द्वकालीन मुद्दालाई लिएर मंगलबार बिहान सर्वोच्चमा प्रचण्डविरुद्ध रिट दायर गरेका हुन्। सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले रिट ०७९ Wo-९४७ नम्बरमा दर्ता भएको मुद्दाको पेशी बिहीबारका लागी तोकिएको  जानकारी दिएका छन्।

गत शुक्रबार न्यायायाधीश ईश्वर खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले प्रचण्डविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो। प्रचण्डलाई पक्राउ गरी फौजदारी अभियोगमा छानबिन गरी कारवाही हुनुपर्ने आदेश माग गर्दै रिट परेको हो।

१ माघ २०७६ मा टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले युद्धमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्‍मा आफूले लिनसक्ने भाषण गरेका थिए। छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja