दोर्दीमा पर्यटकीय प्रवर्द्धनका लागि नयाँ पदमार्ग पहिचान



पोखरा

लमजुङको दोर्दी गाउँपालिकाले पर्यटकीय प्रवर्द्धनका लागि नयाँ पदमार्ग पहिचान गरेको छ । गाउँपालिकाले ‘भेडिगोठ सेल्टर’ विकास गरी पदमार्गको प्रचारप्रसारमा जुटेको हो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले गाउँपालिकाले चार दिनदेखि ११ दिनसम्मका पदमार्ग पहिचान गरेको जानकारी दिए।‘गाउँपालिकाअन्तर्गत पहिचान भएका पदमार्ग बिल्कुलै नयाँ हुन्, मानवबस्ती र सडक सञ्जालभन्दा टाढा रहेका यी पदमार्गमा यात्रा गर्नेलाई नयाँ अनुभव प्राप्त हुनेमा विश्वास छ’, उनले भने ।

उनका अनुसार दोर्दीको नौथरसेराबाट सुरु भइ इलम पोखरी, लिपेलेक हुँदै दास्राङबाट फेरि नौथरसेरा झर्ने चार दिने पदयात्रा गर्न सकिन्छ । साथै नौथरसेराबाट इलमपोखरी, लिपे लेक, नौटाँचे, मुल्मचे, उखण्ड ताँजे नौथरसेरा आठ दिनको यात्रा गर्न सकिन्छ । 

नौथरसेरा इलम पोखरी, लिपेलेक, नौटाँचे, मुल्मचे, उखण्डबाट मेमे पोखरी, कुम्रो डाँडा बाह्र पोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिलतर्फबाट बेसी शहरसम्मको ११ दिनको पदयात्रा गर्न सकिन्छ । अध्यक्ष अधिकारीका अनुसार पदमार्गमा यात्रा गर्दा बाटैभरी लालिगुँरास, हनी हन्टिङ, छहरा तथा झरना, गुफा, गढीलगायत हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा पर्यटन प्रवर्द्धनका लागि ५९ लाख खर्च गरी काम सुरु गरिसकेको छ । जसमा हालसम्म पोखरी पुनःसंरचनाका साथै पदमार्गको पहिचान, प्रचारप्रसार तथा भेडिगोठलाई सेल्टरका रुपमा विकास गर्नका लागि काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja