सिरियामाथि लगाइएका प्रतिबन्ध हटाउन अमेरिकालाई चीनको आग्रह



पोखरा

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार संयुक्त राज्य अमेरिकालाई सिरियामाथि लगाइएका सबै गैरकानूनी एकपक्षीय प्रतिबन्धहरू तत्काल हटाउन र मानवीय प्रकोप सिर्जना गर्ने कार्य बन्द गर्न आग्रह गरेका छन् ।

संयुक्त राज्य अमेरिकाले हालै सिरियालाई जारी प्रतिबन्धका बाबजुद छ महिनालाई प्रतिबन्ध खुकुलो बनाउँने जनाएको छ । प्रवक्ताले अस्थायी राहतको राजनीतिक प्रदर्शन गर्नुको सट्टा अमेरिकी सरकारले सिरियामाथिको एकपक्षीय प्रतिबन्ध पूर्णरूपमा तुरुन्तै हटाउनुपर्ने बताएका हुन्।

प्रवक्ता वाङले सिरियामा लगातार सैन्य हस्तक्षेप र गैरकानुनी एकतर्फी प्रतिबन्ध लगाएको र यसले सिरियाको अर्थतन्त्र र जनताको जीविकोपार्जनमा गम्भीर सङ्कट थपेको भन्दै प्रकोपसँग जुध्ने क्षमतालाई निकै कमजोर बनाएको पनि वाङले जनाएका छन् ।

उनका अनुसार भूकम्पपछि अमेरिकी पक्षले लगाएको एकतर्फी प्रतिबन्धले सिरियामा पहिलो ७२ घण्टामा उद्धार कार्यमा बाधा पु¥याएको थियो । “हामी अमेरिकी पक्षलाई भूराजनीतिक जोडघटाउलाई पन्छाएर सिरियामाथि लगाइएको सबै अवैध एकपक्षीय प्रतिबन्ध तुरुन्त हटाउन र जानाजानी मानवीय प्रकोपहरू सिर्जना गर्न बन्द गर्न आग्रह गर्दछौँ,” वाङले भने।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja