टर्किए भूकम्प: ११३ ठेकेदारहरूलाई पक्राउ पुर्जी जारी



पोखरा

टर्किए सरकारले सोमबारको भूकम्पमा भत्किएका भवनहरू निर्माण गर्ने ११३ ठेकेदारहरूलाई पक्राउ पुर्जी जारी गरेको छ। जसमध्ये टर्किए पुलिसले निर्माण ठेकेदारसहित कम्तीमा २१ जनालाई हिरासतमा लिइसकेको छ।

भूकम्प प्रतिरोधी घर निर्माण नगरेको आरोपमा उनीहरूलाई धमाधम पक्राउ गरेको हो। झन्डै तीन सय निर्माण कम्पनीका ठेकेदारहरू पक्राउ पर्ने देखिएको छ। निर्माण ठेकेदारहरू यति तीव्र गतिमा पक्राउ परिरहेका छन्, मानौँ टर्किए सरकारले भूकम्पपीडितको उद्धार र राहतमा भन्दा पक्राउमा बढी ध्यान दिइरहेका छन्। गत सोमवार गएको ७.८ रेक्टरको भूकम्पमा परी ज्यान गुमाउनेहरूको संख्या २५ हजार भन्दा माथि पुगिसकेको छ, त्यसमाथि हिमपात र वर्षाको कारण उद्धार र राहतमा उद्धारकर्मीहरूलाई बाधा पुगिरहेको छ।

यसअघि सरकारले भूकम्प प्रतिरोधी घर बनाउन अनुमति दिएको भए पनि ठेकेदार कम्पनीहरूले भूकम्प प्रतिरोधी घर नबनाउँदा र त्यसमा भ्रष्टाचार गरेका कारण विशाल संरचना भत्कन पुगेको टर्किए सरकारका अधिकारीले निष्कर्ष निकालेका छन्। ठेकदारले भूकम्प प्रतिरोधी घर नबनाएका कारण धेरैको ज्यान गएको टर्किएका सुरक्षा अधिकारीहरूले निष्कर्ष निकाले पछि निर्माण कम्पनी र त्यसका ठेकेदारहरूलाई तीव्र गतिमा पक्राउ गर्न थालिएको हो। भूकम्पका क्रममा टर्किएका हजारौँ विशाल भवनहरू भत्किन पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja