टर्की-सिरिया भूकम्प: मेसीले ३.५ मिलियन युरो सहयोग गर्ने



पोखरा

चर्चित फुटबलर लियोनेल मेसीले टर्की र सिरियाका भूकम्प पीडित परिवारका लागि ३.५ मिलियन युरो सहयोग गर्ने भएका छन् ।

टर्कीस सञ्चारमाध्यमका अनुसार मेसीले आफ्नो फाउन्डेसनमार्फत सहायता पठाउन निर्देशन दिएको भक्स न्युजले उल्लेख गरेको छ । लियो मेसी फाउन्डेसन एउटा पारिवारिक फाउन्डेसन हो । उनले सो रकम युनिसेफसँगको सहकार्यमा टर्की र सिरियाका भूकम्प पीडितका लागि सहयोग गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । टर्की र सिरियामा गएको विनाशकारी भुकम्पले अहिलेसम्म १५ हजारभन्दा धेरैको ज्यान लिएको छ । संसारभरबाट टर्की र सिरियाका भुकम्प पीडितका लागि सहयोग जाने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja