काभ्रे भकुण्डेमा बसले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु

पोखरा
नमोबुद्ध नगरपालिका-७ भकुण्डेमा बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ। बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नम्बरको बसले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट ८ वर्षीया दिविसा अधिकारीको घटनास्थलमै मृत्यु हो। घटनापछि आक्रोशित स्थानीय बासिन्दाले बसमा आगजनी गरेका छन्। यतिबेला बीपी राजमार्ग अवरुद्ध गर्दै स्थानीयहरूले प्रदर्शन गरिरहेका छन्।