पसगाउँमा माघ २४ र २५ गते महोत्सव हुने



पोखरा

क्व्होलासोंथार गाउँपालिका ६, पसगाउँमा माघ २४ र २५ गते १३ औं महोत्सव हुने भएको छ ।

लमजुङको उत्तरपश्चिममा पर्ने कास्कीसँग जोडिएको पसगाउँको प्रचारप्रसारका लागि महोत्सवको आयोजना गर्न लागिएको हो । समुद्री सतहदेखि १ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित पसगाउँ तमु (गुरुङ) जातिको बाहुल्यता रहेको गाउँ हो ।गुरुङ जातिको कला संस्कृति, भेषभूषा तथा भाषाको संरक्षण र संवर्द्धन गर्दै निम्नस्तर आय भएका जनताको आर्थिक एवम् सामाजिक जीवनस्तर उकास्ने ध्येयले महोत्सव आयोजना गर्न लागिएको पसगाउँ सामुदायिक होमस्टेले बुधबार बेंसीसहरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

होमस्टे अध्यक्ष बलराम गुरुङका अनुसार वि.सं. २०६० साल वैशाख १६ र १७ गते प्रथम पसगाउँ महोत्सव आयोजना गरिएको थियो । पछिल्लो समय कोभिड संक्रमण जोखिमका कारण महोत्सवलाई निरन्तरता दिन सकिएको थिएन । ग्रामीण पर्यटनको विस्तार गर्ने, लोक संस्कृतिको संरक्षण एवम् संवर्द्धन गर्ने, स्थानीय हस्तकला प्रर्दशनी गर्ने, पसगाउँलाई देश विदेशमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष गुरुङले बताए ।

वि.सं. २०६० सालदेखि पसगाउँमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना सँगसँगै आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुन थालेको थियो । ‘ग्रामीण पर्यटनले बामे सरेकै बेला १० वर्षे माओवादी युद्धले ओझेलमा पर्न गयो । २०६२/०६३ को जनआन्दोलन र १० वर्षे माओवादी युद्ध सकिएपछि पर्यटक आगमन सुरु भइरहेको थियो । फेरि कोरोनाले अवरोध बनायो’ उनले भने, ‘अहिले कोभिड १९ को प्रभाव कम हुँदै गर्दा ग्रामीण पर्यटन व्यवसाय लय तर्फ फर्कंदैछ ।’

कृष्णचरित्र नृत्य, झयाउरे नाच, सारंगी नृत्य, घाँटु जस्ता लोपोन्मुख नृत्यहरुको लागि पसगाउँ परिचित छ । सिल्दु पूजा, छेदुपु पूजा, क्व्होम्रे पूजा, भवानी पूजालगायत विशिष्ट परम्परागत रीतिरिवाज रहेको पसगाउँ पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको प्राकृतिक शिवलिंग, भौं भौं ह्राब (बजाउने ढुंगा), सूर्योदय र सूर्यास्त अवलोकनका लागि क्व्होम्रेडाँडासहित ४ वटा प्रशिद्ध डाँडाहरु रहेको स्थानीय तिलबहादुर गुरुङ बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja