भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु



पोखरा

भारतको झारखण्ड राज्यमा आगलागीमा परेर १४ जनाको ज्यान गएको छ ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको ज्यान गएको र अरु केही घाइते भएको बताइएको छ ।

जलेर मृत्यु हुनेमा १० जना महिला र चार बालबालिका परेका छन् । पूर्वी झारखण्डको धनाबादमा भएको सो आगलागीमा परेर अरु दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् । आगलागी के कति कारणले भएको हो भन्ने बारेमा अुनसन्धान सुरु भएको प्रहरीले जनाएको छ । आगो लागेको क्षेत्रमा सो घरका व्यक्ति च्यापिएर रहेका छन् कि भनेर खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja