शहीदले देखेको सपना स्वतन्त्रता मात्रै नभई समृद्धि पनि हो- केपी ओली



पोखरा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शहीदले देखेको सपना राजनीतिक स्वतन्त्रता मात्र नभई समृद्धि भएको बताएका छन् ।

शहीद दिवसको अवसरमा शुभकामना दिंदै अध्यक्ष ओलीले अहिले त्यही समृद्धिको अभियानमा लागि परेको बताएका छन् । ‘यतिबेला हामी शहीदहरुको बलिदानी स्वरुप प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा छौं’ ओलीले जारी गरेको सन्देशमा भनिएको छ ।

सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यावहारिक कार्यान्वयनमार्फत मुलुकमा नवनिर्माणको शृङ्खला अघि बढाएर मात्रै शहीदले देखाएको मार्ग अनुसरण गर्न सकिने उनको भनाइ छ ।उनले अकर्मण्य, कर्तव्यहीन, उद्देश्यहीन र गन्तव्यहीन प्रवृत्तिबाट देशलाई मुक्त गर्दै पुनः सुशासन र समृद्धितर्फको यात्रामा केन्द्रित गर्नेतर्फ एमाले लागेको दाबी समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja