धमिलिकुवामा स्वास्थ्य चौकीको स्तरोन्नति गरेर अस्पताल बनाउने



पोखरा

राइनास नगरपालिका ६, धमिलिकुवाको स्वास्थ्य चौकीको स्तरोन्नति गरेर अस्पताल बनाउने तयारी गरिएको छ ।

स्वास्थ्य चौकीको स्तरोन्नति संगै भौतिक पूर्वाधारले सुविधा सम्पन्न गरेर यसलाई अस्पताल बनाइने नगरपालिकाले जनाएको छ । हाल स्वास्थ्य चौकी रहेको उक्त ठाउँमा १५ शैय्याको अस्पताल निर्माणका लागि भवन निर्माणकार्य सुरु भएको छ । गण्डकी प्रदेश सभा सदस्य डा. टकराज गुरुङले उक्त भवनको शिलान्यास गर्दै अहिलेको स्वास्थ्य चौकी स्तरोन्नति भएर अस्पताल बनेमा राइनास नगरपालिकाका स्थानीयले गाउँघरमै राम्रो उपचार सेवा पाउने बताए ।

राइनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले राइनास क्षेत्रका नागरिक स्वास्थ्य सेवा लिन टाढा जानु परेको र सरकारी सेवा सुविधासहितको स्वास्थ्य सेवा पाउन नसकेको अवस्थामा स्तरोन्नति हुने गरी धमिलिकुवा स्वास्थ्य चौकीको भवन निर्माणकार्य सुरु भएको बताए  ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १८ करोड रुपैयाँ लागतमा उक्त भवन निर्माण गर्न लागिएको हो । भवनका लागि मात्रै १२ करोड रुपैयाँ बराबरको ठेक्का आह्वान गरिएकोमा भगवती निर्माण सेवा काभ्रेपलान्चोकले भ्याटसहित ७ करोड ९५ लाखमा निर्माण गर्ने सम्झौता गरेको नगरपालिका प्रमुख गोकर्णराज सुयलले बताए । उनका अनुसार २०८१ बैशाख मसान्तसम्म सक्ने गरी गत पुस २० गते निर्माण व्यवसायीले सम्झौता गरेको छ ।

-न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja