पोखरा-९ शिव टोलमा सहकारी सञ्चालकद्वारा आत्महत्या



पोखरा

कास्कीको पोखरा महानगरपालिका-९ शिव टोलमा एक सहकारी सञ्चालकले आत्महत्या गरेका छन् ।

डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ३८ वर्षीय लेखुराम खातीले आइतबार साँझ ७ बजेतिर घरमै झुन्डिएर आत्महत्या गरेको वडा प्रहरी कार्यालय बैदाम प्रमुख युवराज भण्डारीले जानकारी दिए । खाती ह्याप्पी पानी उद्योग सञ्चालकसमेत रहेको खुलेको छ । घटनापछि खातीकी श्रीमती सिर्जना खड्का बेहोस् अवस्थामा छिन् । उनको उपचार गण्डकी मेडिकल कलेजमा उपचार जारी छ 

खातीमाथि बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै सञ्चालक समिति र सेयर सदस्य दबाब दिएको र ऋणको बोझले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिरक अनुसन्धानमा खुलेको छ । उनी आबद्ध सहकारी सञ्चालक समितिको आजै बैठक बसेको थियो । बैठक सकिएपछि खातीले आत्महत्या गरेको जनाइएको छ ।

मृतक खातीको खल्तीमा तिर्नुपर्ने रकम विवरणसहितको चिट समेत भेटिएको प्रहरीले जनाएको छ । खातीले धेरै ऋण रहेको र दुई/तीन दिनअघिसम्म साथीभाइसँग सापटी माग्दै हिँडेको उनका निकटस्थहरूले बताएका छन् । उनका साथी अशोक राईका अनुसार खातीमाथि चर्को ऋण थियो । पछिल्लो समय उनी कार्यरत म्यानेजर डल्फिन बचत तथा ऋण सहकारी संस्था नाजुक हुँदै गएपछि उनी दबाब महसुस गर्न थालेका थिए । खाती परिवार पहिले सुकुम्बासी टोलमा बस्थ्यो । उक्त घर बेचेर करिब ७ वर्षदेखि नजिकै लालपूर्जा भएको जग्गा किनेर बसेको पनि उनका साथी राईले बताए । खातीका एक छोरी र छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja