गण्डकी सरकारको प्रवक्तामा मन्त्री रोशनबहादुर गाहा नियुक्त



पोखरा

गण्डकी प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहा थापा नियुक्त भएका छन् । माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट सञ्चारमन्त्रीसमेत रहेका उनले प्रवक्ताको जिम्मेवारी पाएका हुन् । यसअघि सरकारको प्रवक्ता सीताकुमारी सुन्दास थिइन् ।

गाहा प्रदेश सभा सदस्यमा दोहोरिएर जित्ने एमालेका एकमात्र सांसद हुन् । उनी अघिल्लै कार्यकालमा अर्थ मन्त्री बन्ने चर्चा भएर पाएका थिएनन् । अर्थमन्त्रीमा किरण गुरुङ नियुक्त भएपछि उनले जिम्मेवारी पाएनन् । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि भने गाहा लेखा समिति सभापति भएका थिए । संविधानसभा सदस्य समेत रहिसकेका उनी नवलपुरका क्षेत्र नम्बर १ ख बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

यो कार्यकालमा मुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्य सचेतकको जिम्मेवारी दिएका थिए । पछि फेरि अर्थ मन्त्रीका चर्चा चले पनि मुख्यमन्त्री अधिकारीले उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा दिएका हुन् । पृथ्वीसुब्बा समूह निकट रहेका कारण गाहालाई मुख्यमन्त्री अधिकारीले महत्वपूर्ण मन्त्रालयबाट पन्छाएकाे चर्चा चलेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja