पाकिस्तानमा बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु



पोखरा

पाकिस्तानको बलुचिस्तानमा आज बिहान बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ ।

पाकिस्तानी मिडिया डनको रिपोर्टअनुसार उक्त दुर्घटना लसबेला जिल्लामा भएको थियो ।  बसमा ४८ यात्रु सवार रहेका थिए । तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ ।  सोही कारण बसले पुलका दुई वटा खम्बामा ठक्कर खाएसँगै दुर्घटनामा परेको हो । एक महिला र एक बालकसहित तीन जनाको उद्धार गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja