अमेरिकामा अर्को गोलीकाण्ड, ३ जनाको मृत्यु



पोखरा

अमेरिकामा अर्को गोलीकाण्डको घटना सार्वजनिक भएको छ ।

अमेरिकाको उत्तर पश्चिममा पर्ने वासिङ्टन राज्यको याकिमा सहरमा एक जनाले जथाभावी गोली हानेर तीन जनाको हत्या गरेको जनाइएको छ । याकिमा सहरको एक पसलमा गोली चलेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । गोली प्रहार गर्नुअघि बन्दुकधारीले उक्त पसलमा कुनै पनि विवाद नगरेको र अकस्मात गोली चलाएको पसलमा उपलब्ध सिसी क्यामेराका फुटेजमा देखिएको प्रहरीले बताएको छ ।

पसलमा आएका बन्दुकधारीले सुरुमा यसो यताउता हेरेजस्तो गरेको र पछि आफ्नो साथमा रहेको बन्दुक झिकेर अकस्मात प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ । गोली प्रहार गरेपछि सो व्यक्ति कार चलाएर भागेको प्रहरीको भनाइ छ । केही दिनमात्र अघि अमेरिकाको क्यालिफोर्नियामा भएको यस्तै गोलीकाण्डमा परेर १० जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja