उत्तर कोरियाको राजधानीमा पाँच दिन लकडाउन



पोखरा

उत्तर कोरियाको राजधानी प्योङयाङमा पाँच दिनको लकडाउन लागू गरिएको छ ।

नागरिकहरूमा सास फेर्न गाह्रो भएपछि उत्तर कोरियाका नेता किम जोङले लकडाउन लागू गरेका हुन् । दक्षिण कोरियास्थित एनके न्यूजले सरकारी सूचनालाई उद्धृत गर्दै यहाँका नागरिकमा सास फेर्न गाह्रो भइरहेको जनाएको छ ।

सरकारी सूचनामा कोरोना भाइरसको उल्लेख भने गरिएको छैन ।  श्वासप्रश्वाससम्बन्धी रोगको मात्रै भनिएको छ । प्योङयाङका नागरिकलाई आइतबारको अन्त्यसम्म घरमै बस्न निर्देशन दिइएको छ । किम जोङले मानिसहरूले दिनमा धेरै पटक आफ्नो तापक्रम जाँच र रेकर्ड गर्न सल्लाह दिएका छन् । प्योङयाङका मानिसहरूले लकडाउनको निर्णय अघि नै आफ्नो घरमा खानेकुरा भण्डारण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja