नेपाली बक्सर सुष्मा तामाङले सरकारबाट ६ लाख पुरस्कार पाउने 



पोखरा

थाइल्याण्डमा भएको एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी नेपाली बक्सर सुष्मा तामाङले सरकारबाट ६ लाख पुरस्कार पाउने भएकी छन् ।

महिला ४८ केजी तौल समूहमा सुष्माले रजत जितेकी हुन् । फाइनलमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएकी थिइन् । त्यसअघि उनले भियतनाम र मंगोलियाका खेलाडीलाई पराजित गर्दै ऐतिहासिक प्रदर्शनका साथ फाइनल पुगेकी थिइन् ।

एसियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलोपल्ट हो । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

यस्तै मुख्य प्रशिक्षक दीपक महर्जनले १ लाख ८० हजार र प्रशिक्षक सन्दिप श्रेष्ठले ६० हजार पाउनेछन् भने संघले पनि १ लाख ८० हजार पाउनेछ ।च्याम्पियनसिपमा कास्य जितेका विजय बाटा, हेमा राई र त्रिशा जबेगुले समान ३ लाख पाउनेछन् । खेलाडीले कास्य जित्दा मुख्य प्रशिक्षक र संघले समान ९० हजार तथा प्रशिक्षकले ३० हजार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja