सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्‍याउँछु : सूचना प्रविधिमन्त्री शर्मा



पोखरा

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्‍याउनु आफ्नो प्राथमिकता भएको बताएकी छन् ।मंगलबार शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमा जनताको सहज पहुँच पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

सार्वजनिक संघ, संस्थानहरुलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ आफूले ध्यान दिने मन्त्री शर्माले बताएकी थिइन् । ‘मेरो प्राथमिकता भन्दा पनि अहिले हामीले नेपाल सरकारले जुन नीति कार्यक्रमको कुरा पनि छँदैछ । हामीले सहज पहुँच, सूचना, सञ्चार र प्रविधिमा सहज पहुँच जनतामा पुर्‍याउने कुरा । अर्को कुरा हाम्रा उत्पादनदेखि लिएर सबै सार्वजनिक संघ, संस्थानहरुमा सूचना र प्रविधिका कुरालाई सहजतापूर्वक कसरी उपलब्ध गराउन सकिन्छ र सूचनालाई कसरी सेवाग्राहीको पहुँचमा पुर्‍याउन सकिन्छ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ भन्ने लागेको छ । प्रविधिमैत्री देशलाई कसरी बनाउने भन्ने कुरामा ध्यान दिनुपर्दछ,’ मन्त्री शर्माले भनिन् ।

मन्त्री शर्माले हरेक नागरिककहाँ सूचना प्रविधि सहज र सुलभ ढंगले पुग्नुपर्नेमा जोड दिएकी थिइन् । उनले भनिन्, ‘समस्यालाई समाधान गर्ने गरी गुणस्तरीय, सहज र सुलभ ढंगले हरेक नागरिकको पहुँचमा सूचना प्रविधि पुग्नुपर्छ र सबै हाम्रा कामहरु सूचना प्रविधिमार्फत् हुने भयो भने देशले समृद्धिको लक्ष्य हासिल गर्न सजिलो हुन्छ ।’

उनले सार्वजनिक संस्थाहरुमा सहज ढंगले सञ्चार र प्रविधिको प्रयोग हुन नसक्दा समस्या परेको भन्दै ती सबैलाई प्रविधिमैत्री बनाउनुपर्ने उनको भनाइ थियो । ‘संसार ग्लोवललाइजेसनमा गइसक्यो । हाम्रो त्यो ढंगले विकास हुन सकिराखेको छैन । सार्वजनिक संस्थानहरुमा सहज ढंगले सञ्चार, प्रविधिको प्रयोग हुन नसक्दा हामी केही समस्यामा पक्कै छौं । त्यसलाई कसरी सहज, सुलभ बनाउन सकिन्छ, यसलाई उत्पादनसँग कसरी जोड्ने र हरेक मान्छेको दैनिक जीवनमा सूचना, प्रविधिलाई कसरी जोड्ने भन्ने विषय नै चुनौतीको विषय हो,’ उनले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja