मिस नेपाल-२०२२ को पहिलो अडिशन पोखरामा



पोखरा

यस वर्षको मिस नेपालको प्रतिस्पर्धी छनोटका लागि गण्डकी प्रदेशस्तरीय अडिशन पोखरामा हुँदैछ । आइतबार हुने अडिशनमा सहभागी हुन शनिबार साँझसम्म आवेदन दिन सकिने बताइएको छ ।आयोजक द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारका अनुसार मिस नेपालमा छनोट हुनका लागि १८ वर्षदेखि २७ वर्ष उमेर ननाघेको, कम्तिमा ५ फिट ३ इन्च उचाइ भइको र शैक्षिक योग्यता न्यूनतम कक्षा १२ उत्तीर्ण भएको हुनुपर्नेछ । 

अडिशन पोखरा महानगरपालिका वडा नं. १८ सेदीस्थित वाटरफ्रन्ट रिसोर्टमा हुनेछ । पोखराको अडिशनपछि धरान, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत र काठमाडौंमा हुने अध्यक्ष राजकर्णिकारले बताए ।  मिस नेपालको फाइनल असार ४ गते ललितपुरस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने बताइन्छ । मिस नेपालका लागि गत सोमबारदेखि अनलाइन आवेदन खुला गरिएको र त्यसमा शुक्रबार साँझसम्ममा साढे तीन सय जनाको आवेदन परेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja