उदयपुर क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई आयोगको निर्देशन



पोखरा

निर्वाचन आयोगले मतगणनापूर्व जे जस्तो सहमति भएको हो सो सहमतिका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन उदयपुर जिल्लाको प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनाबारे उक्त कार्यालयकलाई आयोगले मंसिर ११ गते पत्रमार्फत सो निर्देशन दिएको हो । आयोगले एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएको भनी सम्बन्धित मतदान अधिकृतले प्रतिवेदन दिएको भए आयोगको मंसिर ४ र ५ गतेको आयोगको पत्रबमोजिम मतगणना कार्यलाई निरन्तरता दिन आयोगले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja