फेवातालमा एक युवती मृत अवस्थामा फेला



पोखरा

गत आइतबार पोखराको फेवातालमा बेपत्ता भएकी युवती मृत अवस्थामा भेटिएकी छन् ।

पोखरा महानगरपालिका वडा नं. २२ स्थित फेवातालमा शुक्रबार उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उक्त शव रामेछाप घर भइ काठमाडौं बस्दै आएकी २५ वर्षीया अस्मिता खत्रीको भएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । 

प्रहरीले दिएको जानकारी अनुसार अस्मिता गत आइतबार फेवातालमा डुङ्गामा चढिरहेको अवस्थामा लाइफ ज्याकेट खोली एक्कासी तालमा हामफालेकी थिइन् । वडा प्रहरी कार्यालय बैदाम र डिएम गोताखोरसमेतको संयुक्त टोलीले खोजी गर्ने क्रममा शुक्रबार उनको शव फेला पारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja