गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसका थापा विजयी 



पोखरा

गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । 

थापा कास्की २ (२)मा एमालेकी मीना गुरुङलाई पराजित गर्दै विजयी भएका हुन् । उनी कांग्रेसबाट गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाबेदार समेत हुन् । उनी सँगै कांग्रसबाट सुरेन्द्र पाण्डे मुख्यमन्त्रीका दाबेदार छन्  ।

पाण्डे पनि प्रदेशसभामा निर्वाचित  भइसकेका छन् । थापाले १ हजार ३ सय १० मतान्तरले गुरूङलाई पराजित गरेका हुन् । उनले ९ हजार २ सय ७९ ल्याउदा र एमालेकी गुरूङले  ७ हजार ९ सय ७९ मत प्राप्त गरिन्। राप्रपाका अरुण गिरीले ३ हजार ९ सय २ मत ल्याए ।

थापा दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् र।उनी गण्डकी प्रदेशका कानुन मन्त्री समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja