काबुलमा आत्मघाती बमविष्फोट हुँदा १९ जनाको मृत्यु 



पोखरा

अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली आत्मघाती बम विष्फोट हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार शहरको पश्चिमी क्षेत्रमा अवस्थित काज एजुकेशन सेन्टरमा परीक्षा चलिरहेका बेला विष्फोट भएको हो। सेन्टरका कर्मचारीका अनुसार विद्यार्थीहरुले परीक्षा दिइरहेका बेला विस्फोट भएको हो। यो इलाकामा बस्ने अधिकतम मानिसहरु हजारा समुदायका हुन्।

बीबीसीका अनुसार हजारा समुदायलाई निशाना बनाएर पहिलो पटक आक्रमण भएको हो। घटनाको कुनै समूहले जिम्मा लिएको छैन । अफगान गृह मन्त्रालयले आम नागरिकमाथि गरिएको यो आक्रमण अमानवीय र क्रुर भएको प्रतिक्रिया दिएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja