नेपालमा हालसम्म डेंगी संक्रमणबाट ३८ जनाको मृत्यु



पोखरा

नेपालमा हालसम्म डेंगी संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ ।

गत साउनयता २८ हजार एक सय नौ जनामा डेंगी संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।सातै प्रदेशका ७६ जिल्लामा डेंगी फैलिएको छ । नेपालमा पहिलो पटक विसं २०६१ मा डेंगीको बिरामी देखिएको थियो । 

प्रदेश १ मा आठ सय २९, मधेसमा चार सय १३, बागमतीमा २१ हजार नौ सय ७५, गण्डकीमा छ सय ७७, लुम्बिनीमा तीन हजार एक सय २५, कर्णालीमा दुई सय ३८ र सुदूरपश्चिममा आठ सय ५० जनामा डेंगी संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । डेंगी संक्रमण तीव्र बनेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja