मेयर आचार्यद्वारा शहरी स्वास्थ्य सेवा केन्द्रको उद्घाटन



पोखरा

पोखरा महानगरपालिका वडा नं -१५ को वडा कार्यालय परिसरमा सहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा अन्तर्गतको उक्त स्वास्थ्य केन्द्रको बिहीबार महानगरका मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन्।

उद्घाटनपछि आयोजित चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका आचार्यले जसरी दसैँलाई सत्यको विजय र असत्यको पराजयको प्रतीकको रूपमा लिइन्छ, त्यसरी नै हामीले पनि समाज भित्र रहेका सबै खालका नकारात्मक बिम्बहरूलाई परास्त गर्दै राम्रो र स्वस्थ ऊर्जा लिएर अगाडि बढ्ने तथा एक आपसमा अपनत्व र मेलमिलापको भावनालाई लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

उनले आज नेपाली समाज स-साना विषयमा विभाजित बन्दै गइरहेको र वर्ष भरी मिलेर बसिरहेको समाजमा निर्वाचन नजिकिन थालेपछि दूरी बढ्ने गरेको भन्दै आ-आफ्नो आस्थालाई निर्वाचनमा प्रकट गरेर समग्र विकास निर्माणको सवालमा कोही पनि मुखरित हुन नहुनेमा जोड दिए।

यस्तै, पोखरा – १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले हिजो निर्वाचनमा कुनै दल विशेषको उम्मेदवार भएपनि निर्वाचित भइसकेपछि अबको ५ वर्ष सबैको साझा जनप्रतिनिधि भएर काम गर्ने अभिलासा लिएको बताए। उनले उमेरका हिसाबले आफूहरु सानो भएको भन्दै यस वडालाई नेतृत्व गर्ने हिजोका अग्रजहरू धेरै अनुभवी, बुद्धिजीवी र धेरै समय समाज सेवामा बिताएका व्यक्तित्वहरू भएकाले काम गर्ने क्रममा कहीँ कतै रुटि भए सुझाव तथा मार्ग निर्देशन गर्न आग्रह गरे। उनले अग्रजहरूबाट पाएको सुझावलाई मनन गर्दै हाम्रो वडा, राम्रो वडा, समुन्नत नागरिकहरू बसेको वडा र सबैले अपनत्व गर्ने स्थानीय सरकारको अनुभूति गर्ने वडा बनाउन चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja