‘मुख्यमन्त्रीका लागि म योग्य छु जस्तो लाग्छ’- मन्त्री थापा



पोखरा

गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले आफूले अन्तिम पटक चुनाव लड्न लागेको स्पष्ट पारेका छन् । गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नं. २ (ख) बाट कांग्रेसको केन्द्रीय समितिमा सिफारिस भएका उनले आशन्न निर्वाचन आफ्ना लागि अन्तिम हुने बताए । 

प्रदेशसभा सदस्य र प्रदेशको मन्त्रीको हैसियतमा प्राप्त गरेको सेवा सुविधा सामाजिक सेवामा खर्च गरेको विवरण सार्वजनिक कार्यक्रममा मन्त्री थापाले यस्तो बताएका हुन् । उनले अन्तिम पटक निर्वाचन लडेर जनताका थप सेवा गर्ने रहर रहेको बताए । उनले भने, ‘विगतमा केही कमि–कमजोरी नभएका होइनन्, त्यसलाई शिक्षाकारुपमा लिएर प्रदेश सरकारलाई थप चुस्त–दुरुस्त बनाउन प्रयत्न गर्नेछु ।’

निकै प्रतिकूल अवस्थामा र बागी उम्मेद्वार रहँदा पनि आफूले २०७४ सालको निर्वाचन जतेको उल्लेख गर्दै आगामी निर्वाचन पनि निर्वाचन जितेरै छाड्ने अठोट गरे । तपाइँ पनि मुख्यमन्त्रीको दौडमा हो ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘पार्टीले मूल्याङ्कन गरेर दिएको जिम्मेवारी पनि पूरा गर्नेछु । मुख्यमन्त्रीका लागि म योग्य छु जस्तो लाग्छ ।’

प्रदेशसभा सदस्य पदमा आफू पनि सिफारिस भएको भन्दै उनले पार्टीले आफ्नो भूमिकाको मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरे ।  उनले थपे, ‘पार्टीमा प्रदेशसभा सदस्य पदमा म र कुमार खड्काजीसहित ६ जनाको नाम सिफारिस भएको छ । पार्टीले जसलाई टिकट दिएपनि मेरो विमत्ति हुँदैन । तर पार्टीले उचित मूल्याङ्कन पक्कै गर्नेछ ।’

थापा २०७८ साउन ८ गते गण्डकी प्रदेशको मन्त्रीमा नियुक्त भएका हुन् । उनलाई गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja