पूर्वअध्यक्ष रविन्द्र मिश्र राप्रपा प्रवेश



पोखरा

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले माला लगाएर मिश्रलाई पार्टीमा स्वागत गरेका हुन्। यसअघि लिङ्देन र मिश्रबीच एकता घोषणा पत्रमा हस्ताक्षर भएको थियो। उनीहरूले एकता घोषणा पत्र हस्ताक्षर गरी एकअर्कालाई हस्तान्तरण गरेका थिए।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदमा मिश्र रहनेछन् । मिश्रले सोमबार विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका थिए। उनी काठमाडौं–१ बाट चुनावी प्रतिष्पर्धाको तयारीमा रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja