अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो काठमाडौँमा



पोखरा

अमेरिकी निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रुडो नेपाल आइपुगेकी छिन् ।

विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो नेपाल भ्रमणका लागि आज बिहान यहाँ आइपुगेकी हुन्। नेपाल भ्रमणका क्रममा उनले दूतावासका अधिकारी, अमेरिकी दूतावास युवा परिषद् र नागरिक समाजका विभिन्न सदस्यहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

साथै भेटघाटका क्रममा उनले नेपालको मिडिया परिदृश्य र भ्रामक सूचना निवारणमा नेपालको अनुभवबारे थप बुझ छलफलहरूमा पनि सहभागी हुनेछिन् । ट्रुडोले अमेरिकी सरकारको सांस्कृतिक संरक्षण सहायता कार्यक्रममार्फत पुन:स्थापित भएका नेपालका विभिन्न सांस्कृतिक सम्पदाहरूको पनि भ्रमण गर्नेछिन् ।

नेपालपछि ट्रुडो यूएई, उज्बेकिस्तान र किर्गिस्तानको भ्रमणमा निस्किने कार्यतालिका रहेको छ ।  बुधवारदेखि सुरु हुने उनको १२ दिने विदेश भ्रमणमा द्विपक्षीय सम्बन्ध र ‘रुस र चीनबाट फैलाइएका गलत सूचनाको प्रतिवाद’ गर्ने विषय प्राथमिकतामा परेको विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja